You are viewing the translated version of बैंकिङ्ग व्यवसाय.

Section 59
बैंकिङ्ग व्यवसाय
(१) बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने कुनै व्यक्तिको कुनै आय वर्षमा सो व्यवसायबाट प्राप्त हुने आय वा नोक्सानीको गणना गर्दा सो व्यक्तिले सञ्चालन गरेको अन्य व्यवसायभन्दा बैंकिङ्ग व्यवसायलाई भिन्न व्यवसायको रुपमा मानी छुट्टै गणना गर्नु पर्नेछ ।

(१क) नेपाल राष्ट्र बैङ्कले तोकेको मापदण्डको अधीनमा रही बैंकिङ्ग व्यवसाय सञ्चालन गर्ने व्यक्तिले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी क्रण रकम तथा गैर बैंकिङ्ग सम्पत्ति वापत व्यवस्था गरिएको रकम समेतको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।

(१ख) सहकारी संस्थाले जोखिम व्यहोर्ने कोषमा राखेको असुल हुन बाँकी क्रण रकमको पाँच प्रतिशतसम्मको रकमलाई खर्चको रूपमा कट्टी गरिनेछ ।

(१ग) उपदफा (१क) र (१ख) बमोजिम जोखिम व्यहोर्ने कोष कायम रहेको अवस्थामा नउठ्ने आसामी भनी मुनाफाबाट खर्च लेखिएमा मिन्हा हुने छैन र त्यस्तो कोषमा रहेको रकम पूँजीकृत गरिएमा वा मुनाफा वा लाभांश बाँडफाँट गरिएमा जुन वर्ष बाँडफाँट गरिएको छ सोही वर्षको आयमा समावेश गरिनेछ ।

(२) ..

(३) ..